शिक्षा दर्शनबाट कक्षाकोठासम्म: प्रगतिवादको व्यवहारिक यात्रा
शिक्षाको दर्शन (Philosophy of Education)
दर्शन शब्द अंग्रेजी भाषाको Philosophy
बाट अनुवाद गरिएको हो । यो शब्द पनि ग्रीक भाषाको Philosophia
बाट बनेको हो। अङ्ग्रेजीमा यसलार्इ 'Philos' + 'Sophiya' बाट, फिलोसको अर्थ प्रेम वा अनुराग र
सोफियाको अर्थ विद्या वा ज्ञान भन्ने बुझिन्छ । त्यसैले यसको अर्थ ज्ञान प्रतिको
स्नेह भन्ने हुन्छ । साथै संस्कृत वा नेपालीमा 'दर्शन' शब्दको अर्थ ज्ञानप्रतिको स्नेह भन्ने बुझिन्छ ।
शिक्षाको
दर्शन (Philosophy of Education) एउटा बृहत क्षेत्र हो जसले शिक्षाको प्रकृति(Nature),उद्देश्य(Objectives) र समस्याहरूको(Problems)
बारेमा दर्शनसँग सम्बन्धित प्रश्नहरूलाई समेट्ने गर्दछ । कुमार
(२०१९) का अनुसार यसले शैक्षिक अभ्यासहरू र नीतिहरूलाई प्रेरित गर्ने विभिन्न अवधारणाहरू,
मापदण्डहरू र सिद्धान्तहरूको समूहलाई बुझाउँछ ।
विभिन्न
विद्वानहरूले शिक्षाको दर्शनलाई फरक-फरक ढंगले परिभाषित गरेका छन्:
· जोन डिबे : शिक्षा दर्शनलाई शिक्षाको
सामान्य सिद्धान्तको रूपमा परिभाषित गर्न सकिन्छ ।
· हार्वे सिगेल : यो दर्शनको त्यो शाखा हो
जसले शिक्षाको प्रकृति र उद्देश्यहरूका बारेमा दार्शनिक प्रश्नहरू उठाउँछ ।
· सोती शिवेन्द्र चन्द्रा : यो शैक्षिक तथ्यहरू र शैक्षिक मूल्यहरूको संश्लेषण
हो ।
शिक्षा र दर्शन
एकै सिक्काका दुई पाटा जस्तै हुन्छन्
अर्थात परिपुरक हुन्छन्। दर्शनले जीवनको लक्ष्य निर्धारण गर्दछ भने
शिक्षाले ती लक्ष्यहरू प्राप्त गर्ने माध्यम प्रदान गर्दछ । शाह (२०१९) तर्क गर्छन् कि
दर्शन बिना विद्यालय शिक्षा प्रणालीमा हामीले के हासिल गर्न खोजिरहेका
छौं भन्ने कुराको कुनै निश्चित दिशा हुँदैन ।
प्रगतिवाद वा
बालकेन्द्रित सिकाइको प्रभावकारिता (Effectiveness of progressivism or child-centered
learning )
प्रगतिवाद एक पाश्चात्य दर्शन हो । यस दर्शनको
विकास अमेरिकाबाट भएको मानिन्छ । प्रगतिवादले शिक्षाको क्षेत्रमा प्रत्यक्ष रूपमा
प्रभाव पारेको देखिन्छ । यस दर्शन अनुसार विश्व परिवर्तनशील छ। संसारमा प्रत्येक
दिन, प्रत्येक क्षण परिवर्तन भइरहेको हुन्छ । शिक्षा क्षेत्रमा प्रगतिवादी
धारणाहरूको सूत्रपात प्राचीन ग्रीकबाट भएको हो । प्रशिद्ध दार्शनिक प्लेटोको 'Learning by doing' को धारणालाई प्राचीन कालको सूत्रपात मान्न सकिन्छ। तामाङ भाषाको भावी शिक्षकको रूपमा भन्नुपर्दा यसले हाम्रो परम्परागत ज्ञान र संस्कृतिलाई नयाँ
पुस्तामा हस्तान्तरण गर्न प्रगतिवाद (Progressivism) वा बाल-केन्द्रित 'गरेर सिक्ने' (learning by doing) विधि परम्परागत शिक्षण पद्धतिभन्दा धेरै प्रभावकारी हुन्छ। प्रगतिशील
शिक्षाले विद्यार्थीहरूलाई निष्क्रिय श्रोता मात्र नभई ज्ञानको निर्माता बनाउँछ (कोहन,
२०१५)।
दवाडी
(२०२५) अनुसार प्रगतिवादमा शिक्षाका उदेश्य निम्नानुसार छन्:
·
शिक्षा
आफैँ जीवन हो। भविश्यका लागि तयारी होइन। यो जीवनका अनुभवहरूमा हुन्छन्।
·
शिक्षा
बालबालिकाहरूका रूचीमा केन्द्रीत हुन्छ । पाठ्यक्रमले सिकारूहरूको उत्सुकता जगाउन
सक्नुपर्छ ।
·
शिक्षाले
बहुसाँस्कृतिक पक्षहरूलाई समेट्दै विविधताहरूको ख्याल गर्नु पर्छ ।
·
शिक्षाको
माध्यमबाट नयाँ मूल्यहरू सिर्जना गरी समाज रूपान्तरण हुनु पर्छ ।
·
बिकास
प्रक्रिया निरन्तर रूपमा बृद्धि हुनुपर्छ ।
·
प्रतिविम्बनबाट
सिकाई हुन्छ ।
·
शिक्षाले
प्रजातान्त्रिक, सहभागितामुलक नागरिक तयार गर्नुपर्छ ।
तुलनात्मक विश्लेषण
र प्रभावकारिता
क. परम्परागत शिक्षामा शिक्षकले विद्यार्थीलाई ज्ञान भरिदिने 'बैंकिङ' अवधारणाको (Banking
concept) रूपमा प्रयोग गरिन्छ, तर प्रगतिशील शिक्षामा विद्यार्थीले आफ्नै बुझाइ निर्माण गर्छन् । उदाहरणको लागि,तामाङ भाषा शिक्षणमा
तामाङ भाषिक शब्दहरू शिक्षण गर्दा विद्यार्थीलाई शब्दहरू कण्ठ गराउनु मात्र
नभई, उनीहरूलाई सामूहिक लेखन वा सामुदायिक खोज जस्ता क्रियाकलापमा सहभागी गराउन
सकिन्छ ।
ख. प्रगतिशील शिक्षा विद्यार्थीको बोधमा केन्द्रित हुन्छ। त्यसैले गर्दा विद्यार्थीलाई आफूले सिकेका कुरा नयाँ परिस्थितिमा प्रयोग गर्न
सक्षम बनाउँछ । कोहन (२०१५) का अनुसार जब विद्यार्थीहरू तथ्यहरू कण्ठ गर्नुको सट्टा
विचारहरूमा छलफल गर्छन् र आफ्नै सिकाइको नेतृत्व गर्छन्, उनीहरूले विषयवस्तुलाई राम्ररी
बुझ्छन् र लामो समयसम्म सम्झन्छन्।
ग. प्रगतिवादले सिकाइलाई एउटा सामुहिक र सामुदायीक क्रियाकलाप मान्छ, जहाँ विद्यार्थीहरूले एकअर्काबाट र समुदायबाट
सिक्छन् । तामाङ भाषा सिकाउँदा यो विधि निकै प्रभावकारी हुन्छ किनभने यसले सांस्कृतिक बहुलवादलाई आत्मसात् गर्छ र सांस्कृतिक विविधताले समाजलाई समृद्ध बनाउँछ भन्ने मान्यता
राख्छ । विद्यार्थीहरूको प्रत्यक्ष अनुभवले
वास्तविक संसार र भषालार्इ जीवन्त बनाउँछ ।
घ. प्रगतिशील कक्षामा शिक्षक एक 'व्याख्याता' मात्र नभई सहजकर्ता (Facilitator) र सह-सिक्ने (Co-learner)
हुन्छ। यसका लागि शिक्षकसँग आफ्नो विषयको गहिरो ज्ञान हुनुपर्छ र विद्यार्थीलाई
पनि सिकाइको स्वामित्व लिनुपर्छ। तर हाम्रो परम्परागत परीक्षाको दबाबले गर्दा यस्तो सिकाइलाई समाजले कम महत्व
दिन सक्छ ।
नेपालमा विद्यालय तहको पाठ्यक्रममा प्रगतिवादको आवश्यकता (Need of progressivism in the school curriculum of Nepal)
प्रगतिवादले
परम्परागत रूपमा चल्दै आएको स्थिर पाठ्यक्रमको विरोध गर्दछ । यसले सिकारूहरूका
व्यावहारिक रूपमा जीवनमा उपयोगमा आउने विषयहरू पाठ्यक्रममा समावेश गर्दछ।
विद्यालयको पाठ्यक्रम समाजअनुकूल, वातावरणअनुकूल, आवश्यकताको परिपूर्ति गर्न सक्ने
, विद्यार्थीको रूचीमा आधारित र व्यावहारिक हुनुपर्दछ । बालकलार्इ यसले पूर्ण मानव
मान्दछ। बालक एक अपरिपक्व युवक हो र पाठ्यक्रममा राखिएका विषयवस्तुले परिपक्व युवक
बनाउनु पर्छ ।
नेपालको
विद्यालय तहको पाठ्यक्रममा प्रगतिवादको आवश्यकतालाई तल प्रस्तुत गरिएको छः
क. कृयाकलापमा आधारित पाठ्यक्रमः प्रगतिवादी शैक्षिक दृष्टिकोणले विद्यार्थीहरूको सिकाई अर्थपूर्ण क्रियाकलापको रूपमा स्वीकार गर्ने भएकोले पाठ्यक्रम सोही अनुरूप
हुनुपर्ने मान्यता राख्दछ । यसले स्थीर पाठ्यक्रमको विरोध गर्दै समयानुसार अनुकुल
हुनुपर्ने भएकोले गर्दा पाठ्यक्रम आधुनिक हुने र क्रियाकलाप केन्द्रित हुने भएकोले
भविश्यमा विद्यार्थीको सिप र रोजगारीसँग पनि जोडिन सक्दछ । हाल नेपालको पाठ्यक्रम
अध्ययन गर्दा कृयाकलाप केन्द्रित भन्दा पनि बिषय केन्द्रित भएकोले दीर्घकालीन
रूपमा असर पारेको देखिन्छ । टिपेट र साथीहरू(२०१९) अनुसार प्रगतिशील शिक्षाले
पाठ्यक्रमलाई समाजको परिवर्तनशील आवश्यकताहरूसँग जोड्न र विद्यार्थीहरूलाई आधुनिक
कार्यक्षेत्रका लागि तयार पार्न मद्दत गर्दछ ।
ख. सिकारू केन्द्रित पाठ्यक्रमः यसले विद्यार्थीहरूलाई केन्द्रमा राखी पाठ्यक्रमको
निर्माण गर्दछ । पाठ्यक्रमका आधारमा बालकले क्रियकलापहरू आफैँ निश्चित गर्ने र
अन्तिम लक्ष्यमा पुग्ने गर्दछ । शिक्षक सिकारूका लागि पथप्रदर्शक मात्र हुन्छ ।
त्यसैले यो पाठ्यक्रम सिकारू केन्द्रित सिद्दान्तमा आधारित हुने भएकोले आवश्यक छ ।
ग. समस्यामा आधारित पाठ्यक्रमः यो सिद्धान्त अनुसार पाठ्यक्रम निर्माण गर्दा सिकारूहरूको
वास्तविक समस्याहरू बुझ्दै समालोचनात्मक चिन्तन र विश्लेषणात्मक सिपहरूमा विशेष
जोड दिइन्छ । यसले विद्यार्थीहरूलाई विषयवस्तुको भित्री तहसम्म पुगेर सोच्न र
प्रश्न गर्न प्रोत्साहित गर्दछ, जसले गर्दा सिकाइ दिगो र प्रभावकारी हुन्छ (कोन, २०१५)।
घ. गरेर सिक्ने प्रक्रियाः प्रसिद्ध दार्शनिक प्लेटोको Learning
by doing को धारणा प्राचीन कालमा सूत्रपात भएता पनि हालसम्म सान्दर्भिक
नै मानिन्छ । जबसम्म सिकारूहरू स्वयं सिक्नमा अग्रसर हुँदैन तबसम्म सिकाई दिगो र
प्रभावकारी हुँदैन । यो पाठ्यक्रमले कुनै अवधाणाहरू बुझ्न र व्यवहारिक समस्याहरू
समाधान गर्न सरेर सिक्ने प्रक्रियालाई जोड दिन्छ ।
ङ. सामाजिक न्याय र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धन: सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र शिक्षा एक अर्कामा
परिपुरक छन् । शिक्षाले समाजिक न्याय र लोकतान्त्रिक मूल्यहरूको विकासमा योगदान
पुर्याउँछ । त्यसैगरी प्रजातन्त्र वा लोकतन्त्रले शिक्षाको विकासमा महत्वपूर्ण
भूमिका निर्वाह गर्दछ । शर्मा (२०६६) अनुसार प्रजातन्त्र मानव जीवनका लागि जति नै
आवश्यक छ शिक्षा पनि प्रजातान्त्रिक विकास र मानव जीवनका लागि त्यति नै आवश्यक छ ।
माथि
दिइएका बाहेक पुर्व निश्चित उदेश्यको बिरोध, शिक्षा विकासको प्रक्रिया, गतिशीलता,
शिक्षा जीवन आफैँ हुनुपर्ने, उपयोगिताको सिद्धान्त लगायत धेरै कारणहरूले गर्दा
पाठ्यक्रमको विकासमा प्रगतिवाद उपयोगी छ। यसले सिद्धान्त भन्दा पनि नतिजामूखी
क्रियाकलापलाई अङ्गिकार गर्दछ ।
समग्रमा,
यसको धेरै सकारात्मक पक्षहरू हुँदाहुँदै पनि प्रगतिवादी दर्शनमा आधारित पाठ्यक्रम
कार्यान्वयन गर्न बढी चुनौतीपूर्ण हुन सक्छ । यसका लागि शिक्षकहरूले आफ्नो विषय र
शिक्षण विधिमा निकै गहिरो दख्खल राख्नुपर्छ । नेपालको विद्यालय शिक्षाको
राष्ट्रिय पाठ्यक्रम प्रारुप (२०७६) मा स्थानीय विषय वा
मातृभाषामा शिक्षा दिने व्यवस्था भएकोले अब कार्यान्वयन गर्दा पाठ्यक्रम निर्माणमा
प्रगतिवादी दर्शन अङ्गिकार गर्नु वर्तमानको आवश्यकता तथा समयको माग हो ।
सन्दर्भसामग्रीहरूः
Browning,
P., Highet, K., Azada-Palacios, R., Douek, T., Gong, E. Y., & Sunyol, A.
(2022). Conspiring to decolonise language teaching and learning: reflections
and reactions from a reading group. London
Review of Education, 20(1),
42. https://doi.org/10.14324/lre.20.1.42
Curriculum
Development Centre. (2076). National curriculum framework (2nd ed.).
Ministry of Education, Science and Technology, Government of Nepal.
Duwadi,
B. (2025). Education philosophy and practice: Western philosophical
traditions [Course slides]. Kathmandu University School of Education.
Kohn, A.
(2015). Progressive education: Why it’s hard to beat, but also hard to find.
Bank Street College of Education. https://educate.bankstreet.edu/progressive/2
Kumar, M.
(2019). Philosophical foundation of education. Journal of Emerging
Technologies and Innovative Research (JETIR).
Shah, R.
K. (2019). Philosophical foundation for curriculum development in Nepal. International
Educational Scientific Research Journal (IESRJ), 5(3), 32–33.
Sharma,
C., & Sharma, N. (2066). Foundation of education. M.K. Publishers
and Distributors.
Tippett,
T. P., & Lee, J. J. (2019). Looking back to move forward: Understanding
progressive education in the 21st century. Journal of Applied Learning in
Higher Education, 79–102.

No comments:
Post a Comment