Global Peace
Foundation
सिरानचोक गाउँपालिका, गोरखाको सहकार्यमा
कार्यशाला प्रतिवेदन
Capacity Building of
Teachers in Integrated Curriculum
Refresher Workshop —
प्रथम समूह
|
स्थान |
सिरानचोक गाउँपालिका, गोरखा |
|
मिति |
२०८३ जेठ १४ र १५ गते |
|
सहभागी |
३७ जना शिक्षक (प्रथम समूह) |
|
सहजकर्ता |
इन्द्र कुमार तामाङ |
तयार गर्नेः
इन्द्रकुमार तामाङ, सहजकर्ता
२०८३ जेठ १७
सारांश (Summary)
Global
Peace Foundation र सिरानचोक गाउँपालिका, गोरखाको संयुक्त आयोजनामा "Capacity Building of
Teachers in Integrated Curriculum – Refresher Workshop" शीर्षकको दुई दिने कार्यशाला २०८३ जेठ १४ र १५ गते सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यशालामा ३७ जना शिक्षकहरू (प्रथम समूह) सहभागी भए।
कार्यशालाको मुख्य उद्देश्य कक्षा १–३ का लागि लागू गरिएको एकीकृत पाठ्यक्रम (Integrated Curriculum) सम्बन्धी शिक्षकहरूको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान अभिवृद्धि गर्नु र निरन्तर मूल्याङ्कन प्रणालीको सक्षमता विकास गर्नु थियो।
कार्यशालाको अन्त्यमा सञ्चालन गरिएको Post-test परीक्षामा सबै ३७ जना सहभागी उत्तीर्ण भए (उत्तीर्ण दर १००%)। औसत प्राप्ताङ्क १४.८४ (७४.२%) रह्यो। ३७.८४% सहभागीले ८०–८९% (धेरै राम्रो) श्रेणी हासिल गरे भने ८.११% ले उत्कृष्ट (९०–१००%) श्रेणी प्राप्त गरे।
प्रश्नगत विश्लेषणले देखाउँदछ कि Q9 र Q10 मा १००% सहभागी सफल भए, जबकि Q2 (४०.५४%) र Q20 (४३.२४%) जस्ता प्रश्नहरूमा कमजोरी देखियो। मूल्याङ्कन र निरन्तर अभिलेख व्यवस्थापन सम्बन्धी प्रश्नहरूमा सुधारको आवश्यकता पहिचान गरिएको छ।
समग्रमा कार्यशाला उद्देश्यमूलक, सहभागितामूलक र प्रभावकारी रह्यो। सहभागी शिक्षकहरूले एकीकृत पाठ्यक्रमका मूल अवधारणाहरू आत्मसात् गरेको तथ्याङ्कले पुष्टि गर्दछ।

.png)

No comments:
Post a Comment